• Breaking News

    Thursday, November 9, 2017

    ‘पद्यमावती’ रिलिज नै नहुने संभावना बढेपछि भन्सालीले खोले मुख


    चलचित्र ‘पद्यमावती’का निर्देशक सञ्जयलीला भन्सालीले एक भिडियो जारी गरी चलचित्रको विषयमा रहेको विवादप्रति प्रष्टिकरण दिएका छन् । ‘म रानी पद्यमावतीको कथाबाट सधै प्रभावित छु । यो चलचित्रले उनको वीरता र बलिदानको कथा उल्लेख गरेको छ ।’ निर्देशक भन्सालीले भने ।

    ‘मैले यो चलचित्र निकै सुझबुझ लगाएर पूर्ण रुपमा बनाएको छु । राजपुतको मान मर्यादालाई ध्यानमा राखेर चलचित्र बनाएको छु ।’सोमवार भाजपा सांसद चिन्तामणि मालवीयले फेसबुकमा एउटा पोष्ट गर्दै चलचित्रको विरोध गरेका छन् । साथै उनले आफ्ना समर्थकलाई चलचित्र नहेर्न अपिल पनि गरेका छन् ।पछिल्लो समय चलचित्रका विषयमा निकै विवाद भैरहेको छ । चलचित्रको विषयमा विरोध गर्नेहरुले रानी ‘पद्यमावती’ र अलाउद्दिन खिलजीको विच प्रेम सम्बन्धका विषयमा पनि प्रश्न उठाएका छन् । निर्देशक भन्सालीले रानी पद्यमावती र अलाउद्दिन खिलजीको अपमान गर्ने कुनै दृष्य नरहेको दावी गरेका छन् ।

    राजपूत संगठनले पनि एक डिसेम्बरमा रिलिज हुने यस चलचित्रको विरोध गरेका छन् । अखण्ड राजपुताना सेवासंघले सेन्सर बोर्डलाई चलचित्र रोकिदिन आग्रह गरेका छन् ।

    गएको मार्चमा चलचित्र सुटिङको क्रममा राजपुत संगठनले फिल्मको विरोध गर्दै फिल्मको सेटमै आगो लगाएको थियो ।

    २०७४ कार्तिक २३ गते ११:२२ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel