
१९ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई आपसमा मिल्न र वीपी कोइरालाको आदर्शलाई अंगाल्न सुझाव दिएका छन् । वामपन्थी गठवन्धनबाट आतंकित नहुन पनि उनले आग्रह गरे ।
पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार समेत रहेका प्रचण्डले चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ आफू अघि बढेको बताए ।चितवनको चनौलीमा आइतबार पार्टी कार्यालय उदघाटन गर्दै प्रचण्डले कांग्रेस आफ्नै कारणले कमजोर हुँदै गएको बताए । उनले भने, ‘नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । तपाईंहरु पनि मिल्नुस् । बीपीको आदर्शतिर फर्किनुस् त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।’
स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै उनले त्यसैका लागि वाम गठवन्धन आवश्यक परेको प्रष्ट्याए ।
‘हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं,’ प्रचण्डले भने, ‘हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं ।’
२०७४ कार्तिक १९ गते ११:५२ मा प्रकाशित
No comments:
Post a Comment