२३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव १० दिन मात्रैपछि सरेको भए एमालेसँग पार्टी एकता नै गरेर जाने सहमति भएको खुलासा गरेका छन् ।
चितवनमा आज आयोजित वामगठबन्धनका महिलाहरुको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले त्यसैले पार्टी एकताबारे कुनै शंका नगर्न आग्रह गरे ।
अदालतको आदेशले चुनाव सर्ने संभावना देखिएका बेला आफू र एमाले अध्यक्ष केपी ओलीबीच पार्टी एकता गरेरै चुनावमा जाने सहमति भएको प्रचण्डको भनाई थियो । यदि १० दिन मात्रै चुनाव सर्यो भने त्यहि बिचमा पहिला पार्टी एकता गर्ने अनि चुनावमा जाने भन्ने सहमति केपी जी र मेरो बीचमा भएको थियो, प्रचण्डले भने ।
यसअघि पनि पार्टी एकताको प्रयास भएको भन्दै १२ बुँदे सहमती हुनुभन्दा पहिला नै रोल्पाको लोसे गाउँमा दुई पार्टी विच लिखित सम्झौता भएको र त्यही सम्झौताको आधारमा नै १२ बुँदे समझदारी सम्भव भएको समेत प्रचण्डले सार्वजनिक गरे ।

No comments:
Post a Comment