• Breaking News

    Thursday, November 9, 2017

    भयावह मोटोपन, किन बढ्दैछ नेपालमा ?


    विगतमा चिल्लोचाप्लो, मोटाघाटो भएमा भनिन्थ्यो, ‘अहा ! कस्तो खाइलाग्दो ।’ अहिले भने ठीक विपरित छ । जति धेरै छरितो ज्यान, उत्ति राम्रो । चलनचल्तीको भाषामा ‘स्लिम’ हुनुपर्ने ।

    मोटो हुनु वा माटोपन बढ्नुलाई राम्रो मानिदैन । किनभने, अहिल पोषिलो खानेकुराको कारण शरीर ‘माटाघाटो’ भएको होइन, निस्क्रिय जीवनशैलीको कारण हो । साथै कमसल, प्रशोधित, तैलिय खानेकुराको अधिक सेवन पनि मोटोपनको कारण बनेको छ ।

    डरलाग्दो आंकडामोटोपन बढ्नु भनेको शरीरमा अतिरिक्त बोसो जम्नु हो । शरीरमा अतिरिक्त बोसो जम्नु भनेको भित्री अंगको कार्यसंचालनमा बाधा पुर्‍याउनु हो । भित्री अंगको कार्यसंचालनमा बाधा पुग्नु भनेको, रोग निम्त्याउनु हो । त्यसैले अहिले मोटोपनलाई रोगकै कारण मान्न थालिएको छ ।

    नेपालमा चुनौती बदै गएको मोटोपनाको समस्या दक्षिण एसियामा गम्भीर समस्याको रुपमा देखा परेको छ ।

    ग्लोबल न्युटि्रसनले हालै सार्वजनिक गरेको रिपोर्ट २०१७ मा उल्लेख भए अनुसार सन् २०१६ मा दक्षिण एसियामामात्र करिब २४ प्रतिशत महिलामा मोटोपनाको समस्या देखिएको छ ।


    बाच्नको लागि खाने भन्दा पनि खानको लागि बच्ने प्रवृतिले नेपालमा मानिसहरु मोटापनाको शिकार बन्दै गएका छन् ।

    विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा करिब १ अर्ब ९ करोड मानिस मोटोपनाको शिकार छन् । त्यसमध्य करिब ६५ करोड वयष्कमा मोटोपनाको समस्या रहेकोमा झण्डै ४२ मिलियन बालबालिका मोटोपनाको समस्याबाट ग्रसित छन् ।

    त्यसैगरी, छिमेकी मुलुक भारतमा मोटापनाको समस्या २२ प्रतिशतमा सिमित रहेकोमा नेपालमा समेत करिब २२ प्रतिशत महिलामा मोटोपनाको समस्या देखिएको छ ।

    यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिएको ग्लोबल न्युटि्रसन रिपोर्ट २०१७ मा उल्लेख छ ।

    खानका लागि बाँच्ने प्रवृत्तिले मोटोपन

    बद्लिदो जीवनशैली, अस्वस्थ्यकर खानपान लगायतका कारण नेपाल लगायतको दक्षिण एसियाली मुलुकका महिलाहरुमा मोटोपनाको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

    ‘बाच्नको लागि खाने भन्दा पनि खानको लागि बच्ने प्रवृतिले नेपालमा मानिसहरु मोटापनाको शिकार बन्दै गएका छन्’, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. सरस्वती पाध्यले भनिन्, ‘मोटोपनाले मानिसलाई मोटो बनाउने नभई सम्पूर्ण स्वस्थ्यमा नै असर पर्ने हुदाँ समयमै तौल घटाएर स्वस्थ्य रहन आवश्यक छ ।’

    मोटोपनले रोगै-रोग

    बढ्दो मोटोपनाकै कारण अहिले नेपालीहरुमा उच्च रक्तचाप, मधमेह, मुटुरोग, उच्च कालेस्ट्रोल, थाइराईड लगायतको समस्या बढ्दै गएको नर्भिक इन्टरनेशनल हस्पिटलकी डायटिसियन डा. प्रनिति सिंह बताउँछिन् ।

    भन्छिन्, ‘अहिले मानिसहरु जीवनशैली व्यस्त छ । उनीहरुलाई न खाने फुर्सद छ । न त पर्याप्त निद्रा नै पुग्छ । अफिसमा पनि कामको चाप बढी हुन्छ । व्यायामको लागि समय छैन । अफिसै जादा पनि सार्वजनिक यातायात वा निजी सवारी साधनको प्रयोग गर्छन् ।

    त्यसैगरी, जंक फुड, अखाद्य वस्तुको प्रयोग बढ्दो छ । जसका कारण नेपालीहरुमा पनि मोटोपनाको समस्या बढ्दो छ । यसलाई समयमै नियन्त्रण नगरेको अवस्थामा विभिन्न रोगको जोखिम बढ्ने उनले बताइन् ।

    भनिन्, ‘बच्चादेखि वयष्क तथा वृद्धवृद्धामा समेत अहिले जुन प्रकारले मोटोपनाको समस्या बढ्दै गएको छ, त्यसले राम्रो संकेत दिइरहेको छैन’ ।

    खराब जीवनशैलीको भयानक नतिजा

    मोटोपनाले तौलका साथै विभिन्न रोग तथा समस्याहरु समेत बढाउने हुदाँ यसलाई समयमै नियन्त्रण गनु पर्ने उनको सुझाव छ । नेपालमा मात्र करिब २० वर्ष यता मानिसहरुमा मोटोपनाकेा समस्या बढ्दै गएको अर्की पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

    ‘नेपालमा मोटोपनाबार खासै अध्ययन त भएको छैन । तर मेरो व्यक्तिगत अनुभवले पनि के बताउँछ भने करिब २० यता नेपालीहरुमा मोटोपनाको समस्या बढ्दै गएको छ ।’

    बद्लिदो जीवन शैली, रेष्टुरेन्ट कल्चर, तारेको, पोलेको खानेकुराकेा सेवन, जंकफुड, चिनीयुक्त पेय पदार्थको सेवन, सवारी साधनको सहजताका कारण पनि मानिसहरुमा मोटोपनाको समस्या बढ्दै गएकोले समयमै यसपति ध्यान नदिए भोलीका दिनमा गम्भीर स्वास्थ्य समस्या निम्तन सक्ने र राज्यको लाखौ रुपैया नसर्ने रोगमा खर्च हुने उनकेा कथन छ ।

    एक तथ्यांक अनुसार नेपालमा हाल नसर्ने रोगको संख्या ६० प्रतिशत पुगेकोमा नसर्ने रोगको कारण झण्डै ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।

    एक तथ्यांक अनुसार नेपालमा हाल नसर्ने रोगको संख्या ६० प्रतिशत पुगेकोमा नसर्ने रोगको कारण झण्डै ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, नसर्ने रोगको उपचारमा राज्यको लाखौ रुपैयाँ खर्च हुँदै आएको छ ।

    मोटोपन नियन्त्रणका लागि अमेरिकन हार्ट एसोशिएसनले दैनिक महिलाका हकमा ६ चिया चम्चा र पुरुषको हकमा ९ चिया चम्चा भन्दा बढी चिनी सेवन नगर्न सचेत गराएको छ । जबकी अमेरिकामा प्रतिव्यक्ति २० चिया चम्चा (विभिन्न खानेकुरामार्फत) सेवन गरिरहेको तथ्यांक छ ।

    २०७४ कार्तिक २३ गते १६:१९ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel