• Breaking News

    Tuesday, November 7, 2017

    दक्षिण कोरियाले अर्बौँ डलरको अमेरिकी हतियार किन्ने


    २२ कात्तिक, सोल । उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली अधिकारीसँगको भेटपछि बताएका छन ।

    दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने,“ दक्षिण कोरियाको मुख्य सुरक्षा सहयोगी अमेरिकाले सोलको व्यालिस्टिक मिसाइलमा रहेको अघिललो भागको वजनलाई घटाउने सहमति पनि भएको बताए ।

    उत्तर कोरियाली आणविक हतियारका कारण उच्च तनाव सिर्जना भएका समय एशियाली मुलुकको भ्रमणका शिलशिलामा दुईदिने कोरिया भ्रमणमा मङ्गलबार जापानबाट सोल आएका अमेरिकी राष्ट्रपतिले भने, “एसियाको मुख्य अमेरिकी सहयोगी रहेको दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना रहेको र युद्धक विमान, क्षेप्यास्त्र वा अन्य हतियार जे भएपनि ठूलो सङ्ख्यामा अमेरिकी हतियार किन्ने सहमति रहेको छ ।”

    “दक्षिण कोरियाले अर्बौं डलर बराबरको हतियार तथा अन्य सामग्रीको माग गर्ने र यसले अमेरिकाको दक्षिण कोरियासँगको व्यापार घाटापनि घट्ने छ, यसबाहेक अन्य धेरै महत्वका सामग्रीको खरिदले अमेरिकी रोजगारी दरलाई पनि बढाउने उनले बताए ।”

    दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपतिले भनेको हतियार सम्झौताबारे पुष्टि गर्दै यसलाई आवश्यक भएको बताए । उनले थपे, “सोल आफ्नो प्रतिरक्षा क्षमतालाई सवल पार्न अमेरिकी रणनीतिक सामग्री किन्ने सम्झौता गर्न छलफललाई अघि बढाएको छ ।”

    दक्षिण कोरिया र अमेरिकाबीच यस पहिले रहेको सम्झौतामा दक्षिण कोरियाले क्षेप्यास्त्रमा ५०० किलोग्रामको विष्पोटक सामग्री राख्न पाउने रहेकोमा अब हुने क्षेप्यास्त्र सम्झौतामा यसलाई हटाई यसको बदलामा आणविक छाता (न्युक्लियर अम्ब्रेला) राख्ने सहमति हुनेछ । यसले सम्भावित आक्रमणलाई जोगाउनसमेत मद्दत गर्नेछ ।

    उत्तर कोरियाद्वारा सिर्जना भएको आणविक खतरालाई मध्यनजर गर्दै क्षेप्यास्त्रको अघिल्लो भागमा रहने ‘वारहेड’ लाई सीमित गर्न चाहिरहेको थियो । यसमा दुबै मुलुकका अधिकारीले सेप्टेम्बरमा नै सैद्धान्तिक सहमति जनाएका थिए । रासस/एएफपी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel