• Breaking News

    Tuesday, November 7, 2017

    टिपरको ठक्करबाट नाबालकको मृत्यु, बिहानदेखि अरनिको राजमार्ग बन्द


    २२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ ।

    बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । दुर्घटनामा तीनवर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

    दुर्घटनाको विषयलाई लिएर बिहान ९ बजेदेखि अरनिको राजमार्ग बन्द भएको छ । प्रहरीले सडक खुलाउने विषयमा वार्ता जारी रहेको उल्लेख गर्दै दुर्घटनामा संलग्न गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel