• Breaking News

    Tuesday, November 7, 2017

    एक पुरुषको हत्या गरिएको अवस्थामा ट्याक्सीभित्र शव भेटियो


    २२ कात्तिक, भक्तपुर । मध्यपुरथिमि नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र आज एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

    बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त, थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

    प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको जानकारी दिँदै उनले मृतकको पहिचान हुन नसकेको जानकारी दिए ।

    प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरी घटनामा संलग्नको खोजी एवं मृतकको पहिचान गर्ने पहल भइरहेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel