• Breaking News

    Tuesday, November 7, 2017

    विराटनगरलाई प्रादेशिक राजधानी बनाइने: पूर्वमन्त्री पण्डित


    २२ कात्तिक, विराटनगर । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले जनताको भावनालाई कदर गर्दै संविधानलाई समृद्ध बनाउने उद्घोष गरेका छन ।

    प्रेस चौतारी र प्रेस सेन्टर, मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सामाजिक सद्भावको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

    संयुक्त वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका उनले बृहत्तर विराटनगरको विकासको अवधारणाअन्तर्गत प्रदेश नं १ को प्रादेशिक राजधानी विराटनगर बनाउन दृढ संकल्पित रहेको उल्लेख गरे ।

    विराटनगरको रिङ्रोडको उचाइमा वृद्धि गरी विराटनगरलाई बाढीबाट जोगाउने भन्दै उनले यस क्षेत्रको नदीमा तटबन्ध निर्माण गराउने, विराटनगरमा ‘भ्यू टावर’, सडक निर्माणका साथै अव्यवस्थित बसोबास रहेकाले जनता आवास कार्यक्रमतर्फ पनि केन्द्रित हुने जानकारी गराए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel