• Breaking News

    Tuesday, November 7, 2017

    मलेसियामा नेपाली युवकको मृत्यु


    २२ कात्तिक, इलाम । फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

    मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।

    उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिएका छन । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उनले दिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel