२० कात्तिक, काठमाडौं । आज विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान ८ बजेर ५४ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो गोरखा भूकम्पसँग सम्बन्धित नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । बझाङ र आसपासका जिल्लाका बासिन्दाले भूकम्पको धक्का सामान्य महशुस गरेका थिए ।

No comments:
Post a Comment