• Breaking News

    Monday, November 6, 2017

    सिटिजन्स बैंकको ६५ औं शाखा झापा हल्दिबारीमा


    २० कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले झापाको हल्दिबारीमा ६५औं शाखा सञ्चालनमा ल्याएकोछ । संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु ७ सय ६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहनाअनुसार बैंकले शाखा विस्तार गरेको उल्लेख गरेको छ ।

    बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पुजापाठ गरेर बैंकिङ कारोवारको सुरुवात गरे । बैंकको यससँगै ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवा पुगेको छ । बैंकले यी माध्यमबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, एबीबीएस सेवा र विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु दिदै आएको छ ।

    बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत लक्ष्मी माध्यमिक विद्यालय र सान्ती प्राथामिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ

    २०७४ कार्तिक २० गते १२:२२ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel