२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व र आर्थिक सम्वृद्धि आफूहरुको प्रमुख एजेण्डा भएको बताएका छन् ।
वाम गठबन्धनको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि साझा घोषणापत्र सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुने । अहिले आम नेपालीको चाहना छिटो आर्थिक विकासले गति लिओस, रोजगारी सिर्जना होस् भन्ने छ, उनले भने, अब त्यसको सुरुवातको नेतृत्व वाम गठबन्धनले गर्नेछ ।
आफूहरु मिल्दा नेपाली काँग्रेस अत्तालिएको भन्दै प्रचण्डले विचार मिल्नेहरु एकठाउँमा मिल्दा केही फरक नपर्ने बताए । उनले भने, तपाइहरु पनि विचार मिल्नेहरु एक ठाउँमा जाँदा हुन्छ, कम्तीमा देशले ७० बर्षदेखि भोग्दै आएको राजनीतिक भूमरीको अन्त्य हुन्छ ।
उनले घोषणापत्रमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेदेखि लिएर भूकम्प पीडितलाई राहत वितरण गर्ने सम्मका विषय समेटिएको बताए । काँग्रेसतर्फ संकेत गर्दै प्रचण्डले आफूहरुविरुद्ध भ्रम फैलाइएको भन्दै भने, हामी अहिलेसम्म संविधानको मर्म र भावना भित्र रहेर प्रतिवाद गरिरहेका छौं, तल्लो स्तरमा उत्रिएर हामी अहिले गाली गर्ने पक्षमा छैनौ ।

No comments:
Post a Comment