• Breaking News

    Tuesday, November 7, 2017

    काँग्रेसलाई ओलीको प्रश्न, ‘मिल्दा लोकतन्त्र सकिने, झगडा गरेमात्रै जोगिने हो ?’


    २१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले माओवादी केन्द्रसँगको गठबन्धनलाई गलत तरिकाले ब्याख्या गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    वाम गठबन्धनको साझा घोषणा पत्र सार्वजनिक गर्दै ओलीले काँग्रेसीहरुले आफूहरुको गठबन्धनले लोकतन्त्रलाई सिध्याउने भनि प्रचारगरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कुनै पार्टी मिल्दैमा लोकतन्त्रक सकिइहाल्छ ? कि झगडा गर्यो भने मात्रै लोकतन्त्र बलियो हुन्छ ?’

    उनले पहिला पनि माओवादी केन्द्र र एमालेले एक अर्काको नेतृत्वमा मिलेर सरकार चलाएको भन्दै अहिले मिल्दा कोकोहोलो नमच्चाउन काँग्रेसप्रति कटाक्ष गरे । उनले वाम गठबन्धनको साझा घोषणा पत्र चुनावका लागि मात्रै नभई राष्ट्र निर्माणको घोषणा भएको बताए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel