• Breaking News

    Tuesday, November 7, 2017

    मतपत्र हेलिकोप्टरबाट जिल्ला पुर्‍याइयो


    २१ कात्तिक, काठमाडौं । पहिलो चरण अन्तर्गत चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन अायोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

    प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइएको आयोगले जनाएको छ ।मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि मतपत्र जिल्ला पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    सोमबारसम्म पहिलो चरणमा चुनाव हुने २० जिल्लामा पत्रपत्र पुगिसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

    मतपत्र छापिने वितिक्कै जिल्लाहरुमा पठाइएको भन्दै प्रबक्ता ढकालले नपुगेका जिल्लाहरुमा मंगलबार पुगिसक्ने बताए । ‘हिजोसम्म २० जिल्लामा पुगिसकेको छ,’उनले भने,’बाँकी जिल्ला पनि आजसम्म पुग्छ, यहाँबाट पठाइसकिएको छ ।’

    हेलिकोप्टरबाट ढुवानी

    पहिलो चरण अन्तर्गत चुनाव हुने केही जिल्लाहरुमा यसपटक हेलिकोप्टरको प्रयोग गरी मतपत्र पुर्‍याइएको छ ।
    सुरक्षा संवेदनशीलताका आधारमा हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाइएको हो ।

    उच्च हिमाली क्षेत्रहरु र सुरक्षा थ्रेट भएका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपत्र जिल्ला पठाइएको स्रोतले जानकारी दिएको छ ।

    २०७४ कार्तिक २१ गते १२:०३ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel