
२१ कात्तिक, एजेन्सी ।
साउदी अरबले छिमेकी यमनको सीमा नाका बन्द गरेको छ । साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरेको हो । शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि साउदीले सीमा नाका बन्द गरेको हो ।
तस्विर: एएफपी
साउदीले हालका निम्ति विद्रोहीहरुले थप अस्त्र तस्करी गर्न नपाउन् भनेर यमनका सीमा बन्द गरेको बताइएको छ । तर उसले मानवीय सहायताका कार्यमा भने अवरोध नगर्ने बताएको छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोही विरुद्धको लडाईंमा यमनको सरकारलाई समर्थन गर्र्दै आएको छ ।
शनिबार रियादलाई निशानामा पारि हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चर्किएको छ । साउदी अरेबियाले ती अस्त्र हुथीहरुलाई इरानले दिएको आरोप लगाएको छ । इरानले भने ती आरोप भड्काउपूर्ण र अन्यायपूर्ण भनेको छ ।
अढाई वर्षदेखि त्यहाँ भइरहेको लडाईंका कारण यमन ध्वस्त भएको छ । यमनका एक करोड असी लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायताको आवश्यकता रहेको बताइएको छ ।
No comments:
Post a Comment