• Breaking News

    Monday, November 6, 2017

    महोत्तरीमा डेंगुबाट ४ सय २० जना संक्रमित


    २१ कात्तिक, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा डेंगुबाट चार सय बीस जना संक्रमित बनेका छन । डेंगु नियन्त्रण नहुँदा नगरवासीवासी त्रसित बनेकोे छ ।

    डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान बर्दिबास नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले संयुक्त अभियान सञ्चालन गरे पनि डेंगु नियन्त्रण बाहिरै छ । बर्दिबास नगरपालिका क्षेत्रमा डेंगु संक्रमण नियन्त्रणमा आउन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    संक्रमितले बर्दिबास अस्पतालमा सर्वसुलभ रूपमा स्वास्थ्य परीक्षण सेवा नपाएको गुनासो गरेका छन् । संक्रमण तीव्र बन्दै गएपछि स्थानीय आक्रोशित भएका छन । जनस्वास्थ्य कार्यालयले भने डेंगु नियन्त्रणका लागि प्रयास जारी राखेको बताएको छ ।

    सरकारी अस्पतालमा डेंगु परिक्षण किट अभाव भएपछि संक्रमितहरू निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन बाध्य भएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel