• Breaking News

    Monday, November 6, 2017

    निर्वाचनपछि आर्थिक समृद्धिको ढोका खुल्छ : पोखरेल


    २१ कात्तिक, महोत्तरी ।

    माओवादी केन्द्रका नेता एवम् विनाविभागिय मन्त्री गिरिराजमणी पोखरेलले संघ र प्रदेशको निर्वाचनपछि आर्थिक समृद्धिको ढोका खुल्ने बनाएका छन् । महोत्तरी जिल्लाको क्षेत्र नम्बर एकबाट प्रतिनिध सभाको उम्मेदवारी दिएका पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

    पोखरेलले संघ र प्रदेशको निर्वाचनपछि संघीयता पूर्णरुपमा कार्यान्वय हुने र स्थानीय स्रोत र साधन परिचालन गर्दै विकास गर्न सहज हुँने बताए । तराईमा रहेको विभेद र असमानता अत्यको लागि आफ्नो उमेद्वारी रहेको नेता पोखरेलको भनाई थियो ।

    यसअघि २ पटक लगातार महोत्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट संविधान सभाका निर्वाचनमा विजयी भएका पोखरेलले यस पटक पुनः बाम गठबन्धनको साँझा उम्मेदवारको रुपमा उमेद्वारी प्रस्तुत गरेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel