• Breaking News

    Tuesday, October 31, 2017

    जग्गाका विषयमा बाबुको हत्या


    कलैया, १४ कात्तिक । बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले आज बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।

    बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९ः४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।

    महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए। रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel