• Breaking News

    Saturday, August 19, 2017

    हेर्नुहोस संसारकै महँगो मिस्सी गाइ (भिडियोसहित)


    क्यानडा (एजेन्सी)। आज सम्म तपाइले संसारकै धनी मानिसको बारेमा धेरै समाचार पढ्नुभएको होला तर अब पालो संसारकै धनी गाईको । संसारकै सबै भन्दा धनी वा महँगो यो गाईको बारेमा अन्तराष्ट्रिय चर्चा हुन थालेको छ ।

    मिस्सी नाम गरेको यो गाईको पुरा नाम ईस्टसाइड लेविसडेल गोल्ड मिस्सी हो । जो उत्तर अमेरिकामा पाइने हालस्टईन नस्ल (प्रजाति) मध्ये एक हो । मेस्सी नामक यो गाई किन्न मानिसहरुको होडबाजी नै चल्ने गर्छ । जब मिस्सी नामक यो गाईको लिलाम गरिएको थियो तब मानिसहरुले यसको बोली ३२ लाख डलरसम्म लगाए । अझै यो भन्दा बढीमा पनि मानिसहरु यो प्रजातिको गाई किन्न होडबाजी गर्दै थिए ।

    यो गाई महँगो कीन भयो भन्नेमा खासै चर्चा नभएपनि यो प्रजातिको गाई आफैमा महँगो हुने गर्दछ । यो प्रजातिको गाईले एक बेतमा त्यो पनि निश्चित समयमा करीब १० हजार किलो दूध दिने क्षमता राख्छ । साथै यो प्रजातिको गाईको संख्या पछिल्लो ३/४ दशकमा निकै बढ्न थालेको छ । जसको कारण अमेरिका र क्यानडामा दुध उत्पादन निकै मात्रामा हुन थालेको छ । यो व्यवसायसँग जोडिएका कृषकहरुको अनुसार यसको कारोवारमा निकै नाफा हुने गरेको बताइन्छ ।

    भिडियो हेर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel