• Breaking News

    Saturday, August 19, 2017

    हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन् !


    सबैभन्दा शुद्ध सुन २४ क्यारेटको मानिन्छ । सुनको शुद्धतालाई १ हजार खण्डमा विभाजित गर्दा ९ सय ९९ खण्ड शुद्धता हुनुपर्छ । अहिले वैज्ञानिकहरूले यसलाई ९९ दशमलव ९ सय ९९ को शुद्धतामा विस्तार गरिसकेका छन् ।

    संसारका ९० देशमा सुन उत्पादन हुन्छ । सन् २०११ को तथ्यांकअनुसार उक्त वर्ष सबैभन्दा धेरै सुन चीनले (३ सय टन) उत्पादन गरेको थियो । त्यसपछि क्रमश: अस्ट्रेलिया (२ सय ७० टन), अमेरिका (२ सय ३७ टन), रूस (२ सय टन), दक्षिण अफ्रिका (१ सय ९० टन), पेरु (१ सय ५० टन), क्यानाडा (१ सय १० टन), घाना र इन्डोनेसिया (१ सय टन) तथा उज्बेकिस्तान (९० टन) छन् ।

    जापानमा हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन् । कतिपय आयुर्वेदिक औषधीमा स्वर्ण भष्म प्रयोग गरिन्छ ।

    आयु बढ्ने तथा निरोगी हुने मान्यताका कारण पूर्वीय समाजमा सम्भव भएसम्म सुनकै थालमा नभए सुनको चम्चाले खाने चलन छ ।

    यही मान्यतामा आधारित भएर आधुनिक औषधी विज्ञानले समेत र्‍युमोटोइड अथ्राइटिस रोगको औषधीका लागि बनाएको औरानफिन नामक औषधीमा सुन प्रयोग गरिएको हुन्छ ।

    मुुटुको शल्यक्रियामा प्रयोग गरिने स्टेन्ट नामक यन्त्रमा समेत रगतको प्रवाह सजिलो बनाउन सन् २००१ देखि सुन प्रयोग गर्न थालिएको छ ।

    नेपाल तथा तिब्बतमा थान्का लेख्दा सुनको मसी प्रयोग गरिन्छ ।

    कुनै व्यवसाय अत्यधिक सफल भयो भने त्यसलाई सुनको अण्डा पार्ने व्यवसाय भनेर संकेत गरिन्छ । यस्तो सुनको अन्डा वास्तवमै निर्माण पनि गरिएको थियो । सन् १८८५ मा रुसका जार (शासक) कार्ल फेबर्जले आफ्नी श्रीमतीलाई उपहार दिन शुद्ध सुनको अन्डा बनाउन लगाएका थिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel