• Breaking News

    Monday, August 21, 2017

    अधिकार पाए कालोबजारीमा संलग्न कर्मचारीलाई एक दिनमा ठिक पार्छु: सर्वेन्द्र


    काठमाडौँ । संसदको विकास समितिले यातायातसँग सम्बन्धित संघ–संस्थाहरु संस्थागत दर्ता ऐनअनुसार दर्ता र नवीकरण गर्ने काम अहिलेलाई स्थगित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकले ट्याक्सीबाट उपभोक्ता ठगिनुको जड ऐनकानुन नै भएको सहभागी सांसद तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुले उठाएका थिए ।

    समितिका सभापति रवीन्द्र्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले एक महिनाभित्रमा सबै ट्याक्सीमा मिटर जडान गरिसक्न नेपाल गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिएको छ । साथै ट्याक्सी चढ्दा लाग्ने भाडाको समेत प्रिन्ट गरेको बिल उपलब्ध गराउने व्यवस्था मिलाउन विभाग लगायत सबै सम्बद्ध निकायलाई बैठकको निर्देशन छ ।

    सडकमा ट्राफिक लाइट एक महिनाभित्रमा राख्न पनि बैठकले ट्राफिक महाशाखालाई निर्देशन दिएको छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्याक्सीको प्रिन्टर मिटरको कालोबजारीमा कर्मचारी नै संलग्न रहेको बताए । उनले अधिकार पाए कालोबजारीमा संलग्न कर्मचारीलाई एक दिनमा ठिक पार्ने बताए ।

    भिडियो हेर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel