• Breaking News

    Monday, August 21, 2017

    पुक्क पेट घटाउने यस्ता छन् १० घरेलु उपाय –


    १। यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

    २। बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई
    निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी
    चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन
    मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ ।
    यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
    ३। खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट
    बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता
    बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

    ४। शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम
    गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

    ५। खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा
    खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको
    छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना
    खानु राम्रो हुन्छ ।

    ६। बिहानको खाना धेरै खादा फरक पर्दैन ।

    ७। खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक
    कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि
    फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट,
    खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

    ८। दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि
    राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा
    फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट
    लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको
    मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

    ९। यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् ।
    यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ ।
    यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा
    हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो
    निकै लाभदायी हुनेछ ।

    १०। नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र
    शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ ।
    यसबाट शरीर स्वस्थ रहन्छ ।

    – यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य
    गर्नुपर्छ ।

    स्वास्थ्य पत्रिकाबाट

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel