• Breaking News

    Thursday, August 17, 2017

    एक शर्तमा सैफसँग विवाह गरेकी थिइन् करीनाले!


    बलिउडका अभिनेता सैफ अलि खान आफ्नो ४७ औं जन्मदिन मनाई रहेका छन्। फिल्मसँगै राजखानदानले पनि उनी चिनिन्छन्।

    सैफले सन् २०१२ मा आफुभन्दा १० वर्ष कान्छी अभिनेत्री करीना कपुरसँग विवाह गरेका थिए। यो उनको दोस्रो विवाह हो। यसअघि उनले १२ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए। करीना र सैफको जोडी बलिउडमा निकै राम्रो मानिन्छ।
    फिल्म ‘टसन’को सेटमा करीना र सैफविच प्रेम बसेको थियो। त्यसपछि उनीहरु फिल्म ‘कुरबा’मा पनि देखिएका थिए।

    सैफसँग करीनाले विवाहको लागि एउटा शर्त राखेकी थिइन्। उनले दिएको एक अन्तर्वार्तामा सैफले गरेको विवाह प्रस्तावको उत्तर दिनुअगाडी आफुले एउटा शर्त राखेको बताएकी थिइन्। उनका अनुसार विवाहपछि पनि काम गर्ने र विवाहले आफनो करिअरमा प्रभाव पर्न नहुने र जीवनभर पैशा कमाउन काम गर्ने शर्त करीनाले राखेकी थिइन्।

    जसलाई सैफले सजिलै स्वीकार गरेका थिए। लामो समयको डेटपछि उनीहरुले विवाह गरेका थिए। अहिले उनीहरुको एउटा छोरा छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel