• Breaking News

    Thursday, August 17, 2017

    रजनीकान्तको श्रीमतीले चलाएको स्कुलमा घरमालिकले लगाए ताला, भाडा नतिरेको आरोप


    सुपरस्टार रजनीकांत पुरै दक्षिण एसियामा कला क्षेत्रमा धेरै फीस लिने कलाकार मानिन्छन्। तर उनको श्रीमती लता रजनीकान्तको स्कुल आश्चर्यजनक कारणबाट बन्द भएको छ।

    लताले स्कुलको भाडा पनि नतिरेको र कयौं महिनादेखि शिक्ष तलब पनि नपाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो वर्षको मंसिर महिनामा ड्राइभरहरुले तलव नपाएपछि हडताल गरेको खबर थियो।

    उनीहरुले पछिल्लो ६ महिनादेखि तलब नपाएको गुनासो गरेका थिए। रजनीकान्तको श्रीमतीले चलाउने स्कुल ‘द आश्रम’चेन्नईमा निकै लोकप्रिय छ। तर अब स्कुलको घर धनीले भाडा नदिएको भन्दै स्कुलमा ताला लगाएका छन्। लता रजनीकान्तको उक्त स्कुलमा १२ कक्षा सम्म पढाइ हुन्थ्यो।

    ३ सय जना विद्यार्थी पढ्ने स्कुलमा ताला लागेपछि उनीहरुलाई अर्को स्कुलमा लगिएको छ। खबर अनुसार सम्पत्तिमालिकले सन् २०११ मा आफ्नो क्षेत्र खाली गर्न अदालतमा रिट हालेका थिए।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel