• Breaking News

    Monday, July 31, 2017

    सविनको बिदाईमा थामिएन भुवनको आँसु


    काठमाडौं –शुक्रबार निधन भएका रंगपत्रकार सविन शाक्यको शनिबार मध्यान्न पशुपति आर्यघाटमा अन्तिम बिदाई गरियो ।
    शुक्रबार आफ्नै कोठामा घाटीमा पासो लगाएर आत्महत्या गरेको शाक्यको अन्तिम बिदाईमा सदाबहार अभिनेता भुवन केसी, दीपाश्री निरौला, दीपकराज गिरी, नवल नेपाल, निर्माता सुनिल थापा, बरिष्ठ कलाकार मोहन निरौला, निर्माता बितरक गोपाल कायस्थ लगायत चलचित्रकर्मीको उपस्थिती देखियो । भरत शाक्य, राजेश खनाल, बिदुर गिरी लगायत पुराना तथा नयाँ रंगपत्रकारको पनि भिडभाड नै थियो ।

    एक मिनेटको मौनधारणा सहित आयोजना गरिएको श्रद्धान्जली सभामा अभिनेता भुवनले शाक्यको शवलाई फुल मालाका अलवा आसुले समेत बिदाई गरे ।

    २०४४देखि मनोरन्जन बिटमा कलम चलाउदै आएका शाक्य अभिनेता भुवनका नजिकका मित्र पनि हुन् । भुवनको सल्लाकार र मार्ग दर्शकको रुपमा समेत शाक्य रहदै आएका थिए ।
    ‘कलाकार आवाज’ नाम पत्रिकाबाट पत्रकारिता थालेका शाक्यले तत्काली समयको चर्चित र एक मात्र रंगिन साप्ताहिकमा ‘साप्ताहिक जनसत्ता’मा समेत लामो समयसम्म काम गरेका थिए । पछिल्लो समय ‘फिल्मीखबर साप्ताहिक’का स्तम्बकारको रुपमा समेत रहेका शाक्यले गीतान्जली, रमझम, छायाँछाबी जस्ता चर्चित म्यागजिनमा समेत काम गरेका थिए ।

    चलचित्र पत्रकार संघका संस्थापक उपध्यक्ष समेत रहेका शाक्यले केही टेलिभिजन कार्यक्रम, छोटा चलचित्रको पनि निर्देशन गरेका थिए ।

    मनभित्र जे पिडा भएपनि बाँहिर साथीभाईसँग कहिलै नदेखाउने र सधै हाँसेर हिड्ने स्वभावका शाक्य सिनियर देखि जुनियर रंगपत्रकार सम्मका प्रिय मानिन्थे ।
    सबिनको आत्महत्याको खबरले आफुलाई बिस्मित तुल्याएको अभिनेता भुवनले बताए । ‘फेसबुकका भित्ताहरु शाक्यको निधनका समाचार र तस्बिरले भरिदा पनि मलाई पत्यार लागेको थिएन’ अभिनेता भुवनले भने ‘आफ्नै आखाले लास देखेपछि पत्याउन कर लाग्यो ।’

    अभिनेता केसीले सविन कार्यकारी निर्माता रहेको चलचित्र ‘ब्ल्याक डायरी’मा समेत अतिथि भुमिका निर्बाह गरेका थिए । चलचित्र केही पहिले प्रदर्शनमा आएको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel