
काठमाडौं– २३ साउनमा आयोजना हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४’मा नेपाली चलचित्रको ५१ वर्षको ईतिहासलाई स्मरण गरिने भएको छ । अवार्ड समारोहमा नीजि क्ष्ँेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ । चलचित्रका अभिनेता तथा अभिनेत्री सिपी लोहनी तथा माला सिन्हा विशेष अतिथिको रुपमा कार्यक्रममा सहभागी हुदैछन् ।
यसैबीच सिनेमा सर्कल नेपालले आयोजना गर्ने एलजी सिने सर्कल अवार्ड–२०७४ मा प्रतिस्पर्धामा परेका उत्कृष्ट चलचित्रहरुको मनोनयन सूची सार्वजनिक गरिएको छ । पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले अघिल्लो वर्षदेखि प्रारम्भ भएको यो एवार्डमा यसपटक चन्द्रागिरी हिल्स प्रालिले पनि सहकार्य गरेको छ ।
उल्लेखित चलचित्रहरुको उत्कृष्ट पा“चको सुची २०७३ सालमा प्रदर्शनमा आएका चलचित्रहरु मध्येबाट हरेक विधामा लगभग ३ जना (कुल ६३ जना) ले चलचित्र भवनको नियमित प्रदर्शनमा अवलोकन गरि सिफारिस गरेको उत्कृष्ट ८ को आधारमा एलजि सिने सर्कल अवार्ड–२०७४ को लागि दर्ता गरिएका चलचित्रहरुबाट मात्र छानिएको हो ।
यसपटकको एवार्डमा छक्का पञ्जा, गाजलु, जात्रा, वीर विक्रम तथा पुरानो डुंगा बेस्ट फिल्म अफ द इयरको विधामा मनोनित हुन सफल भएका छन् । दीपाश्री निरौला (छक्का पञ्जा), हेमराज बिसी (गाजलु), प्रदीप भट्टराई (जात्रा), मिलन चाम्स (वीर विक्रम) तथा रामबाबु गुरुङ (पुरानो डुंगा) सर्वोत्कृष्ट निर्देश्ँकको विधामा मनोनित छन् ।
समारोहमा वरिष्ठ द्वन्द्व निर्देश्ँक एनबी महर्जनलाई ५१ हजार रुपैया“ नगद राशीसहित लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिनेछ । एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४ को निर्णायकमा पत्रकार कृष्ण भट्टराई (संयोजक) तथा सदस्यहरुमा संगीतकार तथा चलचित्र निर्मँता सुरेश अधिकारी र निर्देश्ँक, कलाकार तथा सञ्चारकर्मी दिनेश डिसी रहेका छन् ।
अवार्डमा मोष्टपपुलर अभिनेत्रीको बिधामा उत्कृष्ट पाँच भित्र केकी अधिकारी (लभ सासा, प्रियंका कार्की (छक्का पञ्जा), बर्षा राउत (जात्रा), श्रृष्टी श्रेष्ठ (गाजलु), शिल्पा पोखरेल (किस्मत २) बाट मनोनयनमा परेका छन् ।
त्यस्तै अभिनेता तर्फ भने निखील उप्रेती (निर्भय) ,अनमोल केसीे (गाजलु),दिपकराज गिरी (छक्का पञ्जा), आयुष्मान देशराज (चपलीहाईट २), केदार घिमीरे (छक्का पञ्जा), बिपीन कार्की (जात्रा) बाट छानिएका छन् ।
No comments:
Post a Comment