• Breaking News

    Saturday, July 22, 2017

    जलविद्युत आयोजनाको खाल्डोमा परी बालिकाको मृत्यु


    ८ साउन, दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालीका–१ बलाचमा चमेलिया जलविद्युत्त आयोजनाले खनेको खाल्डोमा परी एक बालिकाको ज्यान गएको छ ।

    बलाचका हर्कबहादुर खडायतकी १० वर्षीया छोरी अनीशा खडायतको बजार जाँदैगर्दा आयोजनाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो ।

    चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरिरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको प्रहरी चौकी बलाचका प्रहरी नायवनिरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    आफन्तले निमार्ण कम्पनीको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै चाइना गेजुवा ग्रुपसँग क्षतिपुर्तीको माग गरेका छन ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel