• Breaking News

    Saturday, July 22, 2017

    के आफूले बुनेको जालमा आफै फस्यो चीन ?


    बीबीसी
    चीनको पिपल्स लिबरेशन आर्मी (पीएलए) को ९० औं वर्षगाँठ आउन १० दिनमात्र बाँकी छ । सैन्य क्षेत्रमा कम्युनिष्ट पार्टीको दबदबालाई पुनः प्रदर्शनका लागि विशाल समारोहको आयोजना गरिने आशा गरिएको छ ।

    कमान्डको हिसाबमा अहिले चीनियाँ सेनामा थुप्रै आधारभूत परिवर्तन भएका छन् ।

    तर उक्त आयोजनामा पिएलएका केही सैन्य समूहले भाग लिन पाउने छैनन्, जो भारतसँगको तनावका कारण सीमामा तैनाथ छ ।

    कुराकानीका लागि जुलाई २६–२७ तारिखमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल बेइजिङ जाने भएका छन् । यसमा लागि पनि अझै पाँच दिन बाँकी छ ।
    के कुराकानी मात्र एकमात्र समाधान हो ?

    चीनियाँ अधिकारी दबाबमा छन् र उनीहरुले चाँडै नै केही उपाय निकाल्नुपर्नेछ । उनीहरुले कुनै कारवाही गर्नुपूर्व डोभालको भ्रमण कस्तो होला, त्यसको नतिजा कुरिरहेका छन् ।

    पछिल्लो बिहिबार चीनियाँ विदेश मन्त्रालयले भारतसँग कुराकानीका लागि कूटनीतिक बाटो खोलिएको बताएको थियो ।

    विदेश मन्त्रालयका प्रवक्ता लू कांगले पाँच हप्ता पहिले सिक्किम नजिकै सुरु भएको सैन्य तनावलाई हल गर्नका लागि दुबै देशका कूटनीतिज्ञबिच कुराकानी हुन लागेको बारे पुष्टि गरेका छन् ।

    यद्यपी, उनले दुबै देशबिच कुनै पनि अर्थपूर्ण कुराकानी र सूचनाको आदान प्रदानका लागि भारतको तर्फबाट आफ्नो सेना हटाउनुपर्ने पहिलो शर्त भएको भन्दै यसमाथि जोड दिएका थिए ।

    एकतर्फ अनौपचारिक कुराकानीका लागि राजी हुनु र दोस्रोतर्फ ‘अर्थपूर्ण कुराकानी’ को कुरा कोट्याउनुका पछाडि के चीनियाँ अधिकारी केही लुकाइरहेका छन् ? यदि हो भने डोभालसँग बेइजिङमा कुनै सहमतीसम्म पुग्ने मौका छ ।
    डोकलामको स्थिती चीनको पक्षमा छैनः

    चीनको सरकारी टेलिभिजन च्यानल ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क’ का निकै लोकप्रिय कार्यक्रम प्रस्तोता यांग रुईले भने, ‘चीनका नागरिकले सोधिरेहका छन् कि चीनियाँ सीमामा प्रवेश गर्दा चीन सरकारले भारतीय सेना विरुद्ध किन कुनै कारवाही गरिरहेको छैन ?’

    तर भारतको दबाब विरुद्ध नरम व्यवहार देखाउनु कम्युनिष्ट नेताका लागि निकै मुश्किल छ ।

    जसरी भारतले पाकिस्तानमा कथित सर्जिकल स्ट्राइक गरेको थियो त्यसरी नै एक सीमित हमलाको सम्भावनामाथि पनि चीनियाँ प्रशासनले विचार गरिसकेको छ ।
    युद्ध भए चीनको बढ्नेछ मुश्किलः

    यो कुराको जानकारी हू शीशांगजस्ता चीनको सरकारी विशेषज्ञको मिडिया साक्षात्कारबाट थाहा हुन्छ । तर चीन कुनै सैन्य संघर्षमा किन पर्न चाहँदैन ? यसका थुप्रै कारण छन् । दई कारण त रणनीतिक छन् ।

    पहिलो, यसको कुनै ग्यारेन्टी छैन कि चीनले युद्ध जित्नेछ किनभने यो इलाकामा भारतका सैनिकहरु अग्लो क्षेत्रमा तैनाथ छन् जुन पहाडी युद्धमा महत्वपूर्ण मानिन्छ ।

    दोस्रो, यो सीमित हमला एक लामो युद्धमा लम्बिन सक्छ जसका कारण घरेलु अर्थव्यवस्थामा मन्दी आउन सक्छ जसबाट राष्ट्रपति शी जिनपिंग बच्न चाहन्छन् ।

    चीनियाँ कूटनीतिज्ञ अन्य देशका अधिकारीसँग मिलेर डोकलाममाथि आफ्नो पक्ष राखिरहेका छन् र भारतलाई आक्रामक देखाइरहेका छन् ।

    चीनले डोकलाम भूटानमा भएको र पश्चिमी देशले साना देशमाथि ठूला देशको हमलालाई नरुचाउने भन्ने तथ्यलाई लुकाउन खोजिररहेको छ ।
    चीनले पाएको छैन पश्चिमी समर्थनः

    तर यी कूटनीतिज्ञले पश्चिमी देशलाई संसारको सबैभन्दा धेरै लोकतन्त्र भएको देशले नै वास्तवमा संसारको सबैभन्दा दोस्रो ठूलो अर्थव्यवस्था भएको देशको इलाकामा हस्पक्षेप गरिरहेको कुरा सम्झाउनका लागि कडा मेहनत गरिरहेको छ ।

    चीनका लागि यसको उदारतामाथि निर्भर रहने पाकिस्तानजस्ता देशलाई बुझाउन निकै सजिलो छ ।

    भारत विरुद्ध आफ्नो कदमप्रति पश्चिमी देशको समर्थन हाँसिल गर्ने आशा चीनका लागि धुमिल भइरहेको छ किनभने केही समय अघि वासिङ्टनमा भएको वार्षीक अमेरिकी–चीनियाँ रणनीतिक आर्थिक वार्ताको क्रममा चीनियाँ नेगोसिएटर (वार्ताकार)लाई गम्भीर झट्का लागेको छ ।

    दुबै पक्षबिच त्यतिबेला गतिरोध निम्तियो जब अमेरिकी नेगोसिएटर (वार्ताकार) ले चीनियाँ स्टिलको डम्पिङलाई समाप्त गर्न र चीनियाँ समानको निर्यातका कारण पैदा भएको व्यापार घाटालाई कम गर्ने माग राखेका थिए ।

    असन्तुलित व्यापार सम्बन्धि चीन विरुद्ध भारतको पनि यही असन्तुष्टि रहेको छ ।
    भारतीय सैनिकद्वारा मृत्युलाई निम्तोः

    मुम्बईमा चीनका पूर्व काउन्सल जनरल लियू योउफाले एक स्थानीय टेलिभिजन च्यानललाई भारतीय सैनिकले मृत्युलाई निम्तो दिइरहेको बताएका छन् । उनका अनुसार भारतीयले चीनियाँ इलाकामा हस्तक्षेप गरेको छ ।

    उनले भने, ‘जब युनिफर्म लगाएका मानिसले सीमा पार गर्दछन् र दोस्रो देशको इलाकामा प्रवेश गर्दछन् भने उनीहरु स्वभाविक रुपमा दुश्मन बनिसक्छन् । उनीहरुले तीन नतिजा भोग्नुपर्ने हुन्छ । पहिलो, उनीहरु स्वेच्छाले पछाडि हट्नु, दोस्रो उनीहरुलाई पक्राउ गर्नु वा तनाव बढेको अवस्थामा हत्यासमेत गरिनु । यी तीन सम्भावना छन् ।’
    डोकलाममा अब के होला ?

    तर सम्भावित नतिजा के छ ? सम्झौताबारे उनीहरुसँग कुनै योजना छैन भने डोभालमा कुराकानीका लागि यात्रा गर्नुको कुनै अर्थ छैन ।

    सुषमा स्वराजले भारतीय सैनिक पछि नहट्ने बताइसकेकी छिन् जबकी यो चीनको पूर्व शर्त हो ।

    आ–आफ्नो नागरिकको अगाडि आफ्नो सम्मान बचाउनका लागि दुबै पक्षको समाधानको आवश्यक छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel