• Breaking News

    Saturday, July 22, 2017

    ट्वाइलेटबाट निस्किएको सर्पले महिलालार्इ डसेपछि…




    सायद अब उनले आफ्नै घरको ट्वाइलेटमा दिसा बस्दा पनि दुईपटक सोँच्नेछिन् । आखिर पर्नु पिर जो परेको छ उनलाई ।

    थाइल्याण्डमा एक ४२ वर्षीया महिलालाई आफ्नै घरभित्रको ट्वाइलेटमा दिसा गरिरहेको बेला ट्वाइलेटभित्रैबाट निस्केको सर्पले डसेको छ, त्यो पनि मलद्धार क्षेत्रमै ।

    फनारन चैबुन नामकी ती महिलालाई आफ्नै घरको ट्वाइलेटको बाउलमा लुकेर बसेको अजिंगरले डसेको हो ।

    सर्पले डसेपछि उनी तत्कालै फायाथी अस्प्तालमा भर्ना भइन् । उनलाई डस्ने सर्प अजिंगर भएको पत्ता लागेपछि डाक्टरहरु ढुक्क भए र उनलाई एन्टी भेनोम औषधि चलाएनन् । किनकी अजिंगर विषालु हुँदैन । तर अजिंगरको टोकेको ठाउँको घाउको भने उपचार गरियो ।

    आफ्नो घरको भुइँतलामा एउटा प्वाल रहेको र त्यहीँबाटै अजिंगर छिरेको हुनसक्ने उनले बताएकी छिन् । यो घटनापछि उनकी १५ वर्षीया छोरी घरमा बस्नै डराएकी छिन् । एजेन्सी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel