• Breaking News

    Tuesday, July 25, 2017

    दार्चुलामा ९८ प्रतिशत रोपाई सम्पन्न


    दार्चुला–दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाई सकिएको छ । कुल रोपाइ हुने ४४ सय ८० हेक्टर जमिन मध्ये हालसम्म ४३ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाका कृषि प्राबिधिक हरीदत्त जोशीले जानकारी दिए । धेरै रोपाई हुने महाकाली नरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका र मार्मा गाउँपालिकामा अधिकांश रोपाइ सकिएको छ ।
    समयमै पानी नपर्दा रोपाई ढिलाइ भएपनि असारदेखि निरन्तर वर्षा हुँदा रोपाइ किसानहरुले समयमै रोपाई गर्न पाएका हुन् । दार्चुलाको ३६ सय २५ हेक्टर जमिनमा सिचाइ सुविधा पुगेकोछ भने ८ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अहिले पनि आकाशे पानीको भरमा खेति हुदै आएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel