• Breaking News

    Tuesday, July 25, 2017

    यसकारण रोकियो मन्त्रिपरिषद विस्तार


    काठमाडौ– नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मंगलबार हुने भनिएको मन्त्रिपरिषद विस्तार बुधबारका लागि सारिएको छ ।

    कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच क–कसलाई मन्त्री बनाउने र कुन समुहले कति मन्त्रालय पाउने भन्नेमा विवाद भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार रोकिएको हो ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहको अडानका कारण म‌गलबारको कार्यक्रम स्थगित भएको नेताहरुले बताएका छन् । कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel