• Breaking News

    Tuesday, July 25, 2017

    एक करोडको लागतमा तटबन्ध


    महेन्द्रनगर– बसही नदीको बाढीका कारण वर्षायाममा कटान तथा डुबानमा पर्दै आएका स्थानीयवासीले चन्दा संकलन गरी तटबन्ध निर्माण गरेका छन् ।

    स्थानीयवासीले चन्दा संकलन गरी रू एक करोडको लागतमा ढल्केबरस्थित नदीमा तटबन्ध निर्माण गरेका हुन् । उनीहरुले ६ महिनामै तटबन्ध निर्माण गरेका छन् । पाँचसय मिटर लम्बाइ, १५ मिटर चौडाइ र पाँच मिटर अग्लो तटबन्ध निर्माणपछि ढल्केबर, नक्टाझिझ, श्रीपुर, विश्रामपुर, महेन्द्रनगरलगायत गाउँमा कटान र डुबानको समस्या कम भएको उपभोक्ता समितिका अध्यक्ष राजकिशोर महतोले जानकारी दिए ।

    पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ दायाँ र बायाँ किनारमा पाँच÷पाँचा सय मिटर तटबन्ध निर्माण गरिएको छ । जनसहभागितामा निर्माण गरिएको उक्त तटबन्धमा ‘चेकड्याम, स्पर, वाल, कल्भर्ट, स्लोप स्टाइबलाइजेशनको काम अझै बाँकी रहेको अध्यक्ष महतोले बताए ।

    भू–संरक्षण कार्यालयले रु ६ लाखको लागतमा तारजाली हालेको छ । गत वर्ष तटबन्ध नहुँदा अधिकांश ठाउँमा सयौँ बिगाहा जग्गा कटान तथा डुबानमा परेको थियो । तटबन्ध निर्माणपछि उक्त क्षेत्रमा कृषकले बाली लगाउने र घर बनाउन थालेका छन् ।

    धनुषामा २५ प्रतिशत रोपाइँ

    साउनको दोस्रो साता बित्न लाग्दासम्म २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार रोपाइँका लागि बेर्ना तयार भए पनि वर्षाको अभाव र सिचाँइ असुविधाका कारण किसानले रापाइँ गर्न सकेका छैनन् ।

    गत वर्ष समयमै वर्षा हुँदा जिल्लामा दुई लाख २५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष यस्तै अवस्था रहे उत्पादन एक लाख मेट्रिक टनभन्दा कम धान उत्पादन हुने ठाकुरको भनाइ छ । जिल्लामा कुल ७६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार पाँच सय हेक्टरमा धानबाली लगाइन्छ । सिचाइँ सुविधा २५ हजार हेक्टरमा मात्र रहेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel