• Breaking News

    Tuesday, July 25, 2017

    अवैध यौन सम्बन्धपछि विबाह विवाद, यसरी गुम्यो गीताको ज्यान


    गुल्मी– यहाँका एक युवाले आफ्नै प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । गुल्मी पौदीअमराईकी ३५ वर्षिया गिता नेपालीको हत्या अभियोगमा वाग्लुङ्ग बढिघाट गाउँपालिका २ राक्सेका हिरा बलामी मगर पक्राउ परेसँगै यस्तो खुलासा भएको हो ।
    प्रेम र यौनपछि विवाहको विषयमा विवाद हुँदा नेपालीलाई मगरले असार २५ गते राती उनको हत्या गरी बढिघाट खोलामा फालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    प्रहरीका अनुसार गुल्मीको ईस्मामा विवाह भई श्रीमानले हेला गरेपछि तिन सन्तान सहित पौदीअमराई स्थित माईतीको शरणमा बस्दै आईकी नेपाली र मगर वीच लामो समय देखि प्रेम र अनुचित सम्वन्ध रहेको थियो भने गीताले विवाह नगरे प्रहरीमा जाने चेतावनी दिएकी थिइन् ।
    जिप्रका बागलुङका एसपी चन्द्रकुवेर खातुनले प्रेम र त्यसपछिको अनैतिक सम्बन्धपछि विवाद बढेको तथा मृतकले उजुरी गर्ने चेतावनी दिएपछि घटना घटेको खुल्न आएको बताए ।

    उनले भने – ‘यी दुई विच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो । गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आध भन्दा बढि गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ । ’ मगरको उमेर १८ वर्ष रहेको छ भने मृतक नेपालीको उमेर ३५ वर्ष रहेको छ ।
    गीता नेपालीको शव असार २६ गते विहान खर्वाङ्गस्थि बढिघाट खोला किनारमा हरिचौर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वको प्रहरी टोलीले वाहिर निकालेको थियो भने त्यसको भोलिपल्टमात्रै उनको शनाखत हुनुका साथै आरोपी मगर पक्राउ गरेर बागलुङ पठाएको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel