• Breaking News

    Friday, June 30, 2017

    तमू प्ये ल्हु संघ साउदी अरबले प्रथम वार्षिकोत्सव मनायो


    २८ जुन, साउदी अरब । तमु प्ये ल्हु संघ साउदी अरबले प्रथम बाषिर्क उत्सव मनाएको छ । साउदी अरबको पूर्वी क्षेत्र दमाम सहरको अल ख्यम रेष्टुरेन्टको हलमा कार्यक्रम गरी संघले बाषिर्कोत्सव मनाएको हो ।

    नेपाली राजदूताबासका पूर्वी क्षेत्रीय दमामका स्थानीय कर्मचारी हरि घिमिरेको प्रमुख आतिथ्यता तथा तमू धी नेपाल प्रवास शाखा साउदी अरबका संरक्षक ओम घले र बरिष्ठ उपाध्यक्ष तिलक तमुको विशेष आतिथ्यता रहेको कार्यक्रम काईला जुम्रेली तमूको सभापतित्वमा भएको हो ।

    कार्यक्रममा विभन्नि संघसंस्थाका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीले द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

    मन्तव्यको क्रममा नेपाल मगर संघ शाखा साउदी अरबका कार्यबहाक अध्यक्ष युवाराज पुन मगरले आउदा दिनमा हातेमालो गर्दै जाने बताए ।

    कार्यक्रममा तमू प्ये ल्हु संघ साउदी अरबका अध्याक्ष ईन्ऽमरु तमूले संस्थाको बारेमा उल्लेख गरेका थिए ।

    बिसेष अतिथि तमू धी नेपाल प्रवास शाखा साउदी अरबका संरक्षक ओम घलेले हामीले हाम्रो संस्कार संस्कृती प्ये ता ल्हु ता एउटै यसरी अलग अलग भएर होइन एउटै घर भित्र बसेर बचाउनु पर्ने बताए ।

    अर्का बिशेष अतिथि तमू धी नेपाल प्रवास शाखा साउदी अरबका बरिष्ठ उपाध्यक्ष तिलक तमुले बोन धर्मको बारेमा जानकारी गराएका थिए ।

    सोही कार्यक्रममा प्रमुख अतिथिले सबै संघसंस्थासंग हातेमालो गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।

    अन्तमा सभापति काईला जुम्रेली तमुले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समाप्तिको घोषणा गरेका थिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel