• Breaking News

    Friday, June 30, 2017

    आफैंले बोकेको बम विस्फोटनमा विप्लवका कार्यकर्ताको मृत्यु



    १३ असार, धनगढी । निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ ।

    धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त आत्मघाती बम बिस्फोटन भएको थियो ।

    बम विस्फोटबाट घाइते भएका विप्लवका कार्यकर्ता २९ वर्षीय चन्द्र सिंह (सनराइज) लाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल पुर्याएको थियो । तर, सेती अञ्चल अस्पतालमा राति १२ः४० बजे सिंहको निधन भएको प्रहरीले जनाएको छ ।

    आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनका हातका औंलासमेत चुँडिएका थिए ।

    मृतक सिंह धनगढी १२ जुगेडा निवासी हुन् । उनी विप्लव समूहका कैलाली जिल्ला सदस्य हुन् ।

    पूर्वमाओवादी नेता विप्लवले देशैभरि बमहरु राख्ने र तर्साउने गतिविधि गरिरहेका छन् । जनताले आफ्ना प्रतिनिधि आफैं छान्ने लोकतान्त्रिक अभ्यास गरिरहेका बेला नेत्रविक्रम चन्द विप्लवले भने आफ्ना कार्यकर्तालाई जोखिमपूर्ण काममा होमेका छन् ।

    उम्मेदवारको घरनजिकै बम

    यसैवीच, मंगलबार बिहानै झापाको दमक नगरपालिकाका मेयरका उम्मेदवारको घर छेऊमा बम भेटिएको छ । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका गगन पुरीको घरदेखि १० मिटर पूर्वपट्टी बम भेटिएको हो ।

    इलाका प्रहरी कार्यालय, दमकका प्रमुख डीएसपी राजन लिम्बुले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बिहान साढे ४ बजे बम फेला परेको हो ।

    बमलाई निश्क्रिय पार्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel