काठमाडौं, फागुन १८ – बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँले घटेर आज ५५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर बढाउने चर्चा चलेपछि सुनको मूल्य मार्चको पहिलो दिन घटेको बताइएको छ ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ८ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
No comments:
Post a Comment