• Breaking News

    Tuesday, February 28, 2017

    कुमारी आमाले नवजात शिशु भीरमा फालेपछि …

    काठमाडौ – मंगलबार बिहान करिब साढे ८ बजे एक्कासी तारकेश्वर नगरपालिका–१० स्थित लोलाङ हाइटमा सयौं मान्छेको हुल देखियो ।

    मान्छेको भिडमा कोही मोबाइलबाट प्रहरी बोलाउन थाल्दै थिए भने केहीले भर्खरै भीरमा फालिएको अवस्थामा भेट्टिएको शिशुलाई बोकेर उसकी आमाको साल बेरिएको गाँठो फुकाउन व्यस्त थिए ।

    त्यही भीडमा रहेकी हरियाली समाजकी महिला नेत्री सिता दिदीले फालिएको शिशुलाई भूइँबाट उठाएर प्रहरीको जिम्मा लगाइन् । खबर पाएको केही समयपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा सोही ठाउँको एउटा टहरोबाट बाहिरबाट ताल्चा लगाएको अवस्थामा एउटी अविवााहित आमालाई समातेर बाजाजु प्रहरी चौकीमा पु(याइएको थियो ।राजधानी दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel