• Breaking News

    Wednesday, November 8, 2017

    चुनाबी चटक ! नवराज सिलवालले धान काटे, आरजूले ढकिया बोकिन्



    २३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएर उम्मेदवार बनेका नवराज सिलवाल बुधवार दक्षिण ललितपुरका एक किसानको खेतमा धान काट्दै थिए । उनले फोटो सेसनका लागिमात्र होइन भन्दै एक गह्रो धान पूरै काटिसके ।

    गाउँले किसान र चुनावी अभियानमा गएकाहरु सिलवालले धान काटेको हेर्दै अप्ठेरो मान्दै थिए । तर, सिलवालले सबैलाई सहज बनाउँदै भने- मैले सानोमा पनि घाँस काटेकै हो, मलाई धान काट्न नआउने होइन ।

    जाजरकोटे राजाका सन्तान तथा चर्चित पाइलट बबी शाहका छोरा राजिवविक्रम शाह थापाथली दरबारमा जन्मिएका हुन् । उनले विश्वका महंगा स्कूल र कलेजमा पढे । राजनीतिमा लागेपछि ‘राजा’ले आफूलाई जनता बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।एउटा गह्रोको धान काटिसकेपछि पूर्वडीआइजी सिलवालले चुनावमा ललितपुर १ बाट आफूलाई मत दिन आग्रह गरे ।

    राजिवविक्रम शाह

    विकट जाजरकोटका भीरपाखामा लौरो टेकेर हिँडिरहेका शाह अहिले घर-घरमा नमस्कार गर्दै पुगिरहेका छन् ।

    एक महिनाअघि मधेसमा सम्पन्न स्थानीय चुनावमा साइकल चढेर भोट माग्ने नयाँ शैली अपनाएका राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतो अहिले जनकपुरमा छाता ओढेर भोट माग्दैछन् । स्थानीय चुनावमा राजपाको चिन्ह साइकल थियो अहिले छाता छ ।

    त्यसो राजेन्द्र महतोले आफ्नो चुनावी अभियानका क्रममा मधेस आन्दोलनका शहीदलाई माल्यार्पण गर्ने क्रममा बाँसको टेको लगाइएको अग्लो भर्‍याङ चढेको फोटो सामाजिक सन्जालमा भाइरल बनिरहेको छ ।

    राजेन्द्र महतो

    मधेसमा मत माग्ने महतोको शैली साँच्चै रमाइलो छ । यी तीन प्रतिनिधिपात्र हुन्, प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुका । चुनावमा उम्मेदवार बनेपछि नेताका दुःख आफ्नै छन् । कसरी हुन्छ मतदाता फकाउनुपर्ने बाध्यताले थिचिएका उम्मेदवारका चुनावी स्टन्ट हेर्न लायक नै छन् । नमस्ते गर्नु र मतदातालाई ढोग्नुसम्म अब नयाँ शैली रहेन ।

    मंसिरे बाली भित्र्याउनुपर्ने चटारोमा मतदाता छन् । त्यसैले धेरैजसो उम्मेदवारको गन्तव्य खेत खलियानहरु नै बनेका छन् । खेतमै पुगेर धान काट्ने, हलो जोत्ने जस्ता काममा उम्मेदवारले सघाइरहेका छन् । ‘जनता जहाँ छन्, त्यहीँ जानुपर्ने उम्मेदवारको बाध्यता हो’ संघीय समाजवादी फोरमका प्रदेशसभा उम्मेदवार योगेन्द्र यादवले भने ।

    दुईपटक समानुपातिकबाट सभासद बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा कैलाली ५ बाट पहिलो पटक प्रत्यक्ष चुनावको अनुभव लिँदैछिन् । राना थारु समुदायको बाहुल्य रहेको सो क्षेत्रमा एमालेले सोही समुदायका नारदमुनि राना थारुलाई उम्मेदवार बनाएपछि आरजुको ध्यान थारु बस्तिमा केन्दि्रत छ ।

    चुनावी अभियानकै क्रममा आरजूले राना थारु महिलाको परम्परागत पोशाकमा सजिएका युवतीसँगै थारु महिलाले टाउकोमा बोक्ने परम्परागत ढकी बोकेर फोटो सेसनसमेत गराइन् । सम्भ्रान्त राणा खान्दानमा हुर्किएकी आरजू अहिले थारुको झोपडीहरुमा नमस्कार गर्दै मत माग्दैछिन् ।

    आरजु राणा देउवा

    चुनावमा एक मतले पनि हारजित हुने भएकाले उम्मेदवारहरु सकेसम्म व्यक्ति व्यक्तिसम्म पुग्ने प्रयासमा छन् । मतदातालाई प्रभावित पार्न र आफूतिर आकर्षित गर्नका लागि उम्मेदवारले नयाँ नयाँ शैली अपनाइरहेका छन् ।

    हेर्नुस् उम्मेदवारका थप तस्वीर

    डा. बाबुराम भट्टराई

    लालबाबु पण्डित

    गोकर्ण विष्ट

    विनोद खड्का

    २०७४ कार्तिक २३ गते १०:३२ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel