
२३ कात्तिक, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचनपछि कांग्रेस चितवनमा नरहने उद्घोष गरेका छन् ।
कांग्रेससँग जनताका बीचमा गई उभिएर भोट माग्ने कुनै एजेण्डा बाँकी नरहेको उनले बताए । उनले आगामी मंसिरमा दुई तिहाईसहितको वामपन्थी सरकार बन्ने दावी गरे ।विहीवार भरतपुरमा आयोजित वाम गठबन्धनमा आवद्ध महिलाहरुको भेलालाई सम्वोधन गर्दै नेता पाण्डेले भने, ‘निर्वाचनपछि चितवनमा कांग्रेसको अस्तित्व रहनेछैन अब कांग्रेस खोज्न डडेल्धुरा जानुपर्छ ।’
वाम गठबन्धनले विपक्षीहरुको होस गुमिसकेको भन्दै नेता पाण्डेले भने ‘कम्युनिष्टहरुका विरुद्ध अपवाह फैलाउनु बाहेक कांग्रेससँग कुनै एजेण्डा काम र धन्दा छैन ।’ उनले कांग्रेसभन्दा बढी लोकतन्त्रवादी वामपन्थी भएको हजारौं दृटान्त दिन सकिने बताए ।
२०७४ कार्तिक २३ गते १७:०४ मा प्रकाशित
No comments:
Post a Comment