• Breaking News

    Thursday, November 9, 2017

    पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध


    २३ कात्तिक, इलाम । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् ।

    जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भनिन् ।चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै छन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।

    राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उनीभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा छन् ।

    यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुगे ।उनी१५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले)का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै छन् ।

    अविवाहित उम्मेदवार

    जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमबाट उठ्नुभएका २६ वर्षीय मणिविक्रम लिम्बू छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा (ख) मा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार छन् । दुवै उम्मेदवार अविवाहित हुनुहुन्छ ।

    सोही क्षेत्रमा नयाँशक्तिबाट उठेका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेदवार बनेका २७ वर्षीय सचेन घले अविवाहित छन् । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दै छन् ।

    दुई जनामात्र महिला उम्मेदवार

    जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्पmका ५१ उम्मेदवारमध्ये दुईजना मात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।

    नेकपा (एमाले)का तर्फबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्पmबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका छन् ।

    २०७४ कार्तिक २३ गते १६:२५ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel