• Breaking News

    Wednesday, November 8, 2017

    बालकृष्ण खाँडको भविश्यवाणीः कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ


    २२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले आसन्न चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

    नयाँ पुस्ताको साथ र प्रजातन्त्रका लागि समर्पित पुस्ताको निर्देशनमा कांग्रेसले युवाहरुलाई देशभर परिचालन गर्ने र चुनाव जित्ने उनको दाबी छ ।एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि कांग्रेस कमजोर हुने विश्लेषण भइरहेका बेला खाँडले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो निर्वाचनमा सबैले सोचेको भन्दा पृथक परिणाम आउँछ र कांग्रेसले पूर्ण बहुमतका साथ विजय प्राप्त गर्छ ।’

    नेता खाँडले अघि भने, ‘आजको मिति सम्झना गर्नुस्, मेरो आवाज रेकर्ड गर्नुस् र चुनाव सकिएपछि बहुमत आएन भने म त्यसको जवाफ दिन्छु ।’

    उनले अघि भने, कुनै ज्योतिषी हिसावले भनेको होइन । हाम्रो प्रतिवेदनका आधारमा भनेको हो । हाम्रो डेडिकेसनका आधारमा भनेको हो ।’

    कांग्रेस नेता खाँडले कम्युनिष्ट शासन स्थापित गर्न खोजे एमाले र माओवादीका लागि यो चुनाव अन्तिम हुने चेतावनीसमेत दिए । ‘एमाले र माओवादीका मित्रहरुलाई भन्न चाहन्छु, सुधि्रएर आउनुस्, लोकतान्त्रिक बन्नुस् र हातेमालो गर्दै जाऊँ’ उनले भने, होइन, नेपालमा कम्युनिष्ट शासन स्थापित गर्न खोजेको हो भने यो निर्वाचन नेपालका कम्युनिष्टहरुका लागि अन्तिम निर्वाचन हुनेछ । अर्को निर्वाचनमा देशभरि उम्मेदवार पनि पाउनुहुन्न ।’

    आफू नेवि संघको अध्यक्ष हुँदा पञ्चायत र ०६२/६३ मा राजतन्त्रका लागि अन्तिम वर्ष हो भनेको स्मरण गर्दै कांग्रेस नेता खाँडले भने, जुनबेला मैले राजाविरुद्ध बोलेको थिएँ, मित्र बद्रीलाई पनि विश्वास थिएन ।’

    टिकटलाई लिएर पार्टीमा केही असन्तुष्टि भएपछि लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि नै संकट आएकाले कांग्रेसका सबै एक ढिक्का भएको उनले बताए । खाँडले भने, कसले हार्छ कि जित्छ भन्दा पनि अब लोकतत्र रहन्छ कि रहँदैन ? सम्बृद्धिको मार्गमा अघि बढ्छ कि बढ्दैन भन्ने चिन्ता छ ।’

    खाँडले सुनाएको हिसाब

    खाँडले प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसले जित्ने सिटको अनुमानित आँकडा पनि प्रस्तुत गरे ।

    उनका अनुसार कांग्रेसले प्रतिनिधिसभाको १६५ मध्ये १५४ सिटमा उम्मेदवारी दिएको छ । स्थानीय तहको पपुलर भोटमा एमाले करिव १२ हजारले अगाडि रहे पनि समानुपातिकतर्फ कांग्रेसकै धेरै मत पाउने उनले बताए ।
    भागवण्डाका कारण एमाले र माओवादीले सबै ठाउँमा उम्मेदवारी नै नदिएकाले समानुपातिक भोट घट्ने भन्दै नेता खाँडले अघि भने, ‘समानुपातिकमा कांग्रेसले कम्तिमा ४५ प्रतिशत भोट ल्याउँछ । प्रत्यक्षतर्फ १५४ को ५५ प्रतिशत जित्यौं भने पनि ८० बढी जित्दा सहज बहुमत ल्याउँछौं ।’

    २०७४ कार्तिक २२ गते १७:०५ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel