• Breaking News

    Wednesday, November 8, 2017

    नम्रताका कारण को भए पिउने ?

    चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको ‘पिउने पनि रहर छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम आफैको स्वर र संगीत सुन्न सकिन्छ । रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङले गीतको भिडियोमा छमछम नाचेका छन् ।

    पछिल्लो समय एकपछि अर्को हिट म्यूजिक भिडियो आफ्नो नाममा दर्ता गराइरहेका रोजल थापा यो भिडियोका निर्देशक हुन् । सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाँकार रामेश्वर कार्की हुन् । भिडियोमा कतै कतै गायक आफै पनि हातमा मद्यिरा बोकेर शराबी शहर बताइरहेका छन् ।

    पछिल्लो समय देश तथा विदेशका कन्सर्टहरुमा भ्याई—नभ्याई गायक गौतमले दर्शक—स्रोतालाई फरक स्वाद दिने उद्येश्यले नयाँ गजल गीत लिएर आएको बताए । यसअघि थानेश्वर गौतमले ‘विर्सिएर श्रृगारमा गाजल लगाइनछौं’, ‘स्याङजा गएँ पाल्पा गएँ’, ‘सिन्दुर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरु बजाएर नाच’ बोलको गीतमा समेत आफ्नो जादूमय आवाज भरिसकेका छन् ।

    २०७४ कार्तिक २२ गते १२:३७ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel