• Breaking News

    Tuesday, November 7, 2017

    कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, विचाैलिया पक्राउ


    २१ कात्तिक, कपिलवस्तु । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

    केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।पक्राउ परेका राजापुर-१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए ।

    २०७४ कार्तिक २१ गते १३:२९ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel