• Breaking News

    Thursday, November 9, 2017

    विस्फोटक पदार्थसहित एकजना पक्राउ


    २३ कात्तिक, सल्यान । सल्लीबजार जाजरकोट सडकखण्डमा जाँचका क्रममा वनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २४ वर्षीय राजु भण्डारी पक्राउ परेका छन् ।

    मोटरसाइकलको कागजात जाँच गर्ने क्रममा ७०० ग्राम जिलेटिन भण्डारीको साथबाट फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

    भेरीनदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel