• Breaking News

    Sunday, November 5, 2017

    निर्वाचनपछि दुई नम्बर प्रदेश, मधेस प्रदेशमा परिणत हुन्छ: यादव


    १९ कात्तिक, काठमाडौं ।

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि दुई नम्बर प्रदेश, मधेस प्रदेशमा परिणत हुने बताएका छन् ।

    सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले वर्षोदेखि उत्पीडन र शोषणमा परेका मधेसी जनताको पहिचानलाई सुनिश्चित गर्न दुई नम्बर प्रदेशलाई मधेस प्रदेश कायम गर्न जरुरी रहेको बताएका हुन ।

    उनले निर्वाचनमा राजपा र फोरम गठबन्धन दुई नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने दावि पनि गरे ।

    निर्वाचनमा भाग नलिदा मधेश बिरोधीहरु मधेशबाट जितेर जाने खतरा रहेकाले निर्वाचनलाई आन्दोलनकै रुपमा स्विकार गरिएको पनि दावि गरे । यादव सप्तरी क्षेत्र नम्बर दुईवाट यो पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदबार रहेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel