१५ कात्तिक, काठमाडौं । मालपोत कार्यालय सर्लाहिका नायब सुब्बा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
मालपोत कार्यालय हरिवनमा कार्यरत नायव सुब्बा इश्वरीप्रसाद दाहाललाई सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको सम्पर्क कार्यालयले पक्राउ गरेको हो ।
मालपोत कार्यालय हरिवनमा कार्यरत नायव सुब्बा दाहालले सेवाग्राहीसँग बाटोको रजिस्ट्रेशन पास गरिदिने भन्दै उक्त रकम मागेका सेवाग्राहीले बताएका छन् ।
पक्राउ गरिएको दाहाललाई बर्दिवासमा राखेर बयान लिने काम भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको सम्पर्क कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment