• Breaking News

    Wednesday, November 1, 2017

    चेल्सी घरेलु टोली रोमासँग तीन शून्यले पराजित


    १५ कात्तिक, एजेन्सी ।

    च्याम्पियन्यस लिग फुटबल अन्तर्गत ईटालीको रोममा गएरातिको भएको खेलमा घरेलु टोली ए.एस रोमाले इङ्लिस प्रतिद्वन्द्वी चेल्सीलाई तीन शून्यले पराजित गरेको छ । रोमाका लागि एल सारावेले दुई तथा पेरोटीले एक गोल गरे ।

    यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र काजकस्तानको एफ.के काराबागले एक एक गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिगअन्तर्गगत समुह ए को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले पोर्चुगलको बेनिफिकालाई दुई शून्यले र रुसको सिएसकेए मस्काले स्विट्जरल्याण्डको एफ.सी बाजललाई उसैको मैदानमा दुई एकले पराजित गरेको छ ।

    अर्को खेलमा स्पेनको बार्सिलोनालाई ग्रिसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोक्दा ईटालीको युभेन्टस्ले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग एक एक गोलको बराबरी खेलेको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गगत समुह ई देखि एचसम्मका आठ खेल आज राति हुनेछन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel