• Breaking News

    Sunday, November 5, 2017

    धादिङ बस दुर्घटनामा परिवार गुमाएका झालाई ५० हजार आर्थिक सहयोग


    २० कात्तिक, राजविराज । धादिङ बस दुर्घटनामा छोरा, बुहारीसहित परिवारका पाँच जना सदस्य गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी रमानाथ झालाई आइतबार तिलाठी कोइलाडी गाउँपालिकाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचीता यादवले तिलाठीस्थित झाको घरमा पुगेर रु ५० हजारको चेक हस्तान्तरण गरेको सो गाउँपालिकाले जनाएको छ ।

    गत कात्तिक ११ गते राजविराजबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६७ नंको सन्देश बस धादिङको त्रिशूली नदीमा दुर्घटना हुँदा झाको परिवारसहित सप्तरीका २६ जनाको मृत्यु भएको थियो ।

    सो दुर्घटनामा परी उनका दुई छोरा ३८ वर्षीय सञ्जीतकुमार झा, ३३ वर्षीय अञ्जीतकुमार झा, बुहारी ३५ वर्षीया सिम्मीकुमारी झा, नाति नौ वर्षीय अभिनव झा र तीन वर्षीय प्रतीकको मृत्यु भएको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel