
२० कात्तिक, इश्लामावाद । भ्रष्टाचार आरोपमा अदालतले प्रधानमन्त्रीका रूपमा अयोग्य ठहर गरेपछि सत्ताबाट हटेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ बेलायतबाट स्वदेश फर्किएका छन ।
उनले आफू स्वदेश फर्किएको शक्तिशाली संस्थापनसँग सम्झौताका लागि नभएको बताएको भारतीय समाचार एजेन्सी पिटीआईले जनाएको छ । लण्डनबाट बिहीबार स्वदेश आउनुको कारण अदालतमा आँफू विरुद्ध रहेको मुद्दामा उपस्थित हुनका लागि भएको उनले बताए ।
स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्ने आरोप लागेपछि अदालतको आदेशअनुसार पाकिस्तानी प्रधानमन्त्रीबाट राजिनामा दिएका ६७ बर्षीय नवाज शरीफले यही बर्षको जुलाईमा प्रधानमन्त्रीबाट राजिनामा दिई अनुसन्धान प्रक्रियालाई सघाउने बताएका थिए ।
शरीफकी पत्नी कुलसुम नवाजलाई घाँटीको क्यान्सरको उपचारका लागि गत महिना लण्डन गएको बताइदै आएको छ ।
No comments:
Post a Comment