• Breaking News

    Monday, November 6, 2017

    नेपाल एयरलायन्सको विमान अवतरणका क्रममा दुर्घटना


    २० कात्तिक,काठमाडौं । नेपाल एयरलायन्सको विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । नेपाल एयरलायन्सको नाइन एन एकेएस विमान गौतमवुद्ध विमानस्थल भैरहवामा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

    विमानले धावनमार्ग छोएपछि टायर पड्किएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । टायर पड्किएपछि विमान अनियन्त्रित भएको थियो । जहाजमा रहेका दुवै जना पाइलट सकुशल रहेका छन् ।

    रनवेमा जहाज दुर्घटना भएपछि अहिले गौतम वुद्ध विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । जहाजलाई रनवेबाट निकाल्ने प्रयास भइरहेको विमानस्थलले जनाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel